केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिसको पिसाबबाट इँटा उत्पादन

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१९, दक्षिण अफ्रिकामा मानिसको पिसाबबाट इँटा बनाइएको छ । केप टाउन विश्वविद्यालयका केही विद्यार्थीहरुले मानिसको पिसाब प्रयोग गरी इँटाको उत्पादन गर्न सफल भएका हुन् ।

त्यसक्रममा मानिसको पिसाबमा बालुवा र ब्याक्टेरिया मिसाएर सामान्य तापक्रममै मजबूत इँटा बनाइएको हो ।  पिसाबबाट इँटा बनाउने यस प्रक्रियामा सबैभन्दा पहिले विश्वविद्यालयको पुरुष शौचालयबाट पिसाब संकलन गरियो । उक्त पिसाबलाई जैविक प्रक्रियाका लागि प्रयोग गरिन्छ, जसलाई बायो ब्रिक्सको नाम दिइन्छ ।

एउटा इँटा बनाउनका लागि २५ देखि ३० लिटर पिसाबको आवश्यकता पर्दछ । अर्थात् एकजना मानिसले १ सय पटक गरेको पिसाबबाट एउटा इँटा बनाउन सकिन्छ ।त्यसक्रममा प्रयोग हुने ब्याक्टेरियाले एक विशेष इन्जाइम पैदा गर्दछ, जसले पिसाबबाट युरियालाई छुट्टाउँदछ र क्याल्सियम कार्बोनेट बनाउँदछ । यसले बालुवाका कणलाई एक आपसमा दह्रोसँग एकत्रित गरी बलियो इँटाको रुप दिन्छ ।यसरी बनेको इँटा आम इँटा भन्दा दोब्बर मजबुत हुने बताइएको छ ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्