केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह लगत्तै यस्ता काम नगर्नु होला, सम्बन्ध चिसिन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१९, विवाह भनेको दुई परिवारका विपरित लिङ्गीहरु आगामी दिनहरुमा एक साथ जीवन विताउने एउटा बाचा कस्ने काम हो । उक्त दिनबाट विवाहित पुरुष र महिला सँधैका लागी सँगै बस्ने गर्छन् । तर कतिपय अवस्थामा पतिपत्नीविच समझदारी हुन सकेन भने विवाहको वाचा टुटेर जान्छ र उनीहरु अलग हुन समेत पुग्छन् ।

त्यसैले प्रत्येक पुरुष र महिलाले विवाह पछि हरेक कुरामा ख्याल गर्नुपर्छ र जुन कुराले आफुहरुको सम्बन्धमा फाटो ल्याउन सक्छ त्यस्ता कुराहरुबाट टाढै रहनु पर्छ । अझ विवाह हुनु लगत्तैको समयमा नै सम्बन्ध चिसियो भने त्यो सम्बन्ध कहिल्यै राम्रो हुन सक्दैन त्यसैले विवाह लगत्तै पुरुष र महिला दुवैले केहि कुराहरुमा ख्यान गर्नु आवश्यक हुन्छ ।

विवाह लगत्तै दुलाह र दुलही दुवैले गर्न नहुने कामहरु

–आफन्तको विषयमा जोक
विवाहमा अनेक किसिमका मानिसहरु उपस्थित भएका हुन्छन् । कुनै कुनै मानिसहरुका कुनै कुनै हर्कतहरु हाँस्यास्पद पनि हुन्छन् । यस्ता कुराहरु दुलाह दुलहीले एकअर्कामा नगरेको राम्रो हुन्छ । त्यस्ता मानिसहरु दुलाह वा दुलही कसैको नजिकको आफन्त हुन सक्छन् । उनीहरुको बारेका जोक गरेर गिज्याउँदा नराम्रो लाग्ने र चित्त समेत दुख्ने हुन सक्छ जसले उनीहरुको विचको सम्बन्धमा चिस्यान ल्याउँछ ।

–विवाहमा भएको खर्च
विवाहको लगत्तै पार्टनरसँग विवाहमा भएको खर्चको विषयमा कुरा गर्नु राम्रो हुँदैन् । विवाहमा कुनै एक पक्षको दबाबमा अनावश्यक खर्च गरिएको हुन सक्छ, जुन कुरा विवाह लगत्तै कोट्याउनाले मनमुटाव सुरु हुन सक्छ ।

–पूर्व प्रेम सम्बन्ध
विवाहपछि पूर्व प्रेम सम्बन्धका विषयमा सोधखोज गर्नु राम्रो हुँदैन । यस्तो बानिले विवाह भएर एक आर्कामा जम्न नपाउँदै फाटो आउन सक्छ ।

–ठूलो मान्छे बन्ने
विवाह भए पश्चात अनेक कामहरु गर्नुपर्ने हुन सक्छ । श्रीमान श्रीमति दुवैजनाले कुनै पनि काम मेरो हैन, आफ्नो काम आँफै गर्ने भन्ने जस्ता ठूला कुरा गर्नु हुँदैन् । त्यसैगरि दुवैजनाले आफ्नो परिवारको बारेमा ठूलो कुरा गरेर पति वा पत्निको परिवारलाई होच्याउने काम पनि गर्नु हुँदैन् ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्