केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली चलचित्र “कोईला” मंसिर ७ देखि देशभर प्रदर्शनमा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१९, चलचित्र “कोईला” आउँदो मंसिर ७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । चलचित्र तयार भएको लामो समय भइसक्दा पनि प्रदर्शनमा ढिला भएकोमा सम्पुर्ण दर्शक समक्ष माफि माग्दै निर्माण पक्षले मंसिर ७ गतेबाट चलचित्र देशभर प्रदर्शन हुने बताएका हुन् ।

केहि समय पहिले कलंकि हलमा गरिएको च्यारिटि शो पश्चात दर्शकहरु कोईला चलचित्रको प्रदर्शनको पर्खाईमा बसेका छन् , च्यारीटि शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएसँगै व्यवसायिक रुपले पनि सफलता पाउने विश्वास निर्माण पक्षले लिएका छन् ।

चलचित्र “कोईला” आरोहि फिल्मस्को व्यानरमा निर्माता बिजे शर्माले निर्माण गरेका हुन् भने, चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् ।

चलचित्रमा एक्सन नायकको रुपमा आफुलाई चिनाउन सफल नायक प्रज्वल गिरी,सोनीया गिरी,ममता खड्का, ध्रुब कोईराला, किरण थापा, कालु राणा, देब नेपाल, रामचन्द्र अधिकारी, सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी, लगायत कलाकारहरुको सशक्त अभिनय देख्न सकिन्छ ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्