केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिगो फाइदा हुने काम सुरु हुनेछ । खर्च बढ्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सचेत रहनुहोला चोटपटक लाग्न सक्ने सम्भावना छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय अनुकुल रहनेछ । प्रतिद्वन्द्वीहरूले पनि मित्रवत् व्यवहार गर्न थाल्नेछन्। प्रेम सम्बन्ध मजबुत बन्नेछ । आम्दानि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक असमझदारीले मन खिन्न हुनेछ । अध्ययनमा मन नजाला । मौसमी गडबडिका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केहि अफ्ट्यारो परिस्थिति आइलाग्न सक्छ । नजिकका साथीभाइ टाढिनाले साथ दिनेहरुको अभावमा आतेस लाग्न सक्छ । परिवारजनबाट भने साथ पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बढि बोल्ने बानिले विवादमा फसाउन सक्छ । बोलि व्यवहारमा केहि ध्यान दिनुहोला । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। अध्ययनमा मन जानेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ । रचनात्मक कार्यले अरुलाई आकर्षित पार्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला। नयाँ साथी भेटिन सक्छन्। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्वको आकर्षण बढाउन सकिनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। विशेष जिम्मेवारी वहन गर्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अध्ययनमा मन जानेछ । स्वास्थ्यको केहि ख्याल गर्नुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला। परिस्थितिले संघर्षको पाइलामा हिँडाउन सक्छ।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्