केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२०, हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। आजको दिन घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ ।

‘कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पाइन्छ ।

घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ। आजकै दिन अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ। स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ।

यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्