केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२०, घाइते भएर केही समय मैदान बाहिर बसेका बार्सिलोनाका कप्तान लियोनल मेसी मंगलबार इन्टरमिलानविरूद्ध मैदान उत्रने भएका छन्।

सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेयता मैदान बाहिरै रहेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका हुन्।

चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेसी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए।मेसीलाई प्रशिक्षकले टोलीमा समावेश गरे पनि मैदानमा मौका पाउने नपाउने यकिन भएको छैन।

मेसीले रियलसँगको एलक्लासिको गुमाए पनि बार्सिलोनाले रियलविरुद्ध ५–१ को शानदार जित निकालेको थियो।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्