केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालकद्धारा गोली हानी हजुरआमाको हत्यापछि आत्महत्या

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२०, अमेरिकाको एरिजोनामा ११ वर्षका एक बालकले आफ्नै हजुरआमाको गोली हानी हत्या गरेपछि आत्महत्या गरेका छन् । ६५ वर्षे हजुरआमाले आफ्नो कोठा आँफै सफा गर्न अह्राएपछि ती बालकले टिभी हेरेर बसिरहेकी हजुरआमाको टाउकोमा पछाडिबाट गोली प्रहार गरे ।

बालकका हजुरबुबा डोइले हर्बर्टले पुलिसलाई दिएको जानकारी अनुसार बालकले हजुरआमालाई गोली हानेको केहि समयपछि नै आफुलाई पनि गोली हानी आत्महत्या गरे ।

मेरिकोपा काउन्टी पुलिस कार्यालयका प्रवक्ता सार्जेन्ट एनरिक्युजका अनुसार उत्तर–पश्चिम फोनिक्सको लिचफिल्ड पार्क इलाकामा बस्ने यी बालकको कस्टडी उनका हजुरबुवा–हजुरआमासँग थियो ।

पुलिसका अनुसार उक्त हतियार हर्बर्टको हो र ती बालकले आफूलाई र अन्य कसैलाई हानी गर्लान् भन्ने कुनै शंकासमेत थिएन । मेरिकोपा काउन्टी सेरिफको कार्यालयका अनुसार यसबारे अनुसन्धान जारी छ ।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्