केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपाल लामो बनाउन चाहनुहुन्छ ? अपनाउनुस यस्ता घरेलु उपाय

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२०, लामो कपाल भएका महिलाहरुमा छिटो आँखा पुग्ने गर्छ । कपाल महिलाहरुको सौन्दर्यको प्रतिक पनि हो । लामो कपालले महिलाहरुको सुन्दरता बढाउने गर्छ । त्यसैले महिलाहरु लामो कपाल भएको मन पराउँछन् र आफ्नो कपाल लामो र सुन्दर बनाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । अनेक तरिकाबाट कपालको स्याहारसुसार गरिरहेका हुन्छन् ।

तपाइँ पनि आफ्नो कपाल लामो र आकर्षक बनाउन चाहनुहुन्छ भने अपनाउनुस् यस्ता घरेलु उपायहरु

–मेथीको प्रयोग
मेथी कपालको लागी अति आवश्यक वस्तु हो । मेथीको प्रयोगले कपाल लामो हुनुको साथै चमकिलो र सिल्की पनि हुन्छ । साथै कपालमा भएको चाँया हटाउन पनि यसले मद्यत गर्छ । यसको प्रयोग गर्दा मेथीलाई पिसेर थोरै पानीको प्रयोग गरि पेष्ट बनाउने र त्यसलाई कपालमा राम्रोसँग लगाएर आधा घण्टा राखि पखाल्नु पर्छ ।

–अण्डाको प्रयोग
अण्डामा प्रचुर मात्रामा प्रोटिनको मात्रा पाइन्छ । यसले शरिरलाई मात्र होइन कपाललाई समेत फाइदा गर्छ । अण्डामा पाइने पोषक तत्वले कपाल झर्नबाट रोक्नुको साथै लामो बनाउन समेत मद्यत गर्छ । अण्डाको प्रयोग गर्दा अण्डाको सेतो भागमा थोरै जैतुनको तेल वा महको प्रयोग गरि राम्ररी फिट्ने र कपालमा लगाइ एक घण्टा जति राखेर स्याम्फुको प्रयोग गरि नुहाउनु पर्छ ।

–एलोभेरा र मह
छालाको सुन्दरताको लागी प्रयोग गरिने एलोभेरा कपालको लागी पनि अति महत्वपूर्ण हुन्छ । एलोभेरामा भिटामिन, सेलेनियम लगायत अन्य विभिन्न प्रकारका तत्वहरु पाइन्छन्, जसले कपालमा भएको चाँया हटाउनुको साथै कपाललाई बलियो र लामो बनाउन मद्यत गर्छ । यसको प्रयोग गर्दा एलोभेराको जुसलाई राति टाउकोमा लगाएर छाडिदिने । बिहान टाउकोलाई राम्रोसँग पखाल्ने । त्यस्तै गरि एलोभेरा र महको पेस्ट बनाएर टाउकोमा लगाइ आधा घण्टा छाडेर पनि कपाललाई नुहाउन सकिनेछ ।

–आलुको रसको प्रयोग
आलुले कपाललाई छिटो बढ्न मद्यत गर्छ । आलुमा पाइने भिटामिनले कपाललाई बलियो, आकर्षक र लामो बनाउन मद्यत गर्छ । आलुको रसलाई टाउकोमा लगाएको १५ मिनेट पछि टाउको राम्रोसँग पखाल्नुपर्छ ।

–कागतीको रसको प्रयोग
कागतीको रसले टाउकोको छालाको पिएचलाई सन्तुलनमा राखि कपाल बढ्न मद्यत गर्छ । यसको प्रयोगका लागी भिजाइएको बदामलाई पिसेर कागतीको रससँग राम्रो पेस्ट बनाउने र टाउकोमा मसाज गर्ने । टाउकोमा पेस्ट लगाइएको २० मिनेटपछि राम्रोसँग टाउको पखाल्नुपर्छ ।

 

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्