केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२०, जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए। प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ । रासस

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्