केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापामा आठ लाख मूल्य बराबरको पटका बरामद

सहयात्रा टिभी

झापा । कात्तिक–२०, झापाका विभिन्न नाकाबाट नेपाल ल्याइएको ठूलो परिमाणका पटका प्रहरीले बरामद गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतका विभिन्न स्थानका बजारबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरेको हो।

भारतको बिहार र बंगाल राज्यसँग जोडिएका झापाका विभिन्न नाकाबाट सो मुल्य बराबरको पटका बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए। दसै‌पछि प्रहरीको चेक जाँचका क्रममा झापाको मेचीनगरस्थित काँकडभिट्टा, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा र गौरीगञ्ज नाकाबाट सो पटका बरामत गरिएको ढकालको भनाइ छ।

प्रहरीले बरामत गरेको उक्त पटका प्रतिगोटा १० रुपैयाँ देखि पाँच हजार मूल्य बराबरको रहेको छ। सो पटका मंगलबार प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा पुरेर नष्ट गरेको छ।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्