केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रियजनसँग भेटघाट हुनेछ । मित्रता तथा प्रेमसम्बन्ध बढ्नेछ । खर्च बढेपनि खास्सै समस्या भने देखिने छैन् । अध्ययनमा खास्सै मन नजाला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको काम बन्नेछ । काममा मेहनेत भने धेरै गर्नुपर्ने देखिन्छ । शुभचिन्तकहरुको साथ पाइनाले सहज महशुस हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफुभन्दा कमजोर मानिससँग सम्झौता गर्नुपर्दा मनमा खिन्नता बोध हुन सक्छ । पढाइलेखाइमा मन जाने स्थिति देखिन्दैन् । सिर्जनात्मक काममा भने संलग्न हुन सक्ने सम्भावना छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । आफन्त तथा नजिकका मित्र टाढिन सक्छन् । अप्रिय समाचारले मनमा खिन्नता उत्पन्न हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनेतले काममा सफलता मिल्नेछ । परिवारबाट सहयोग हुनाले व्यापार तथा व्यवसायबाट राम्रो फाइदा लिन सकिनेछ । अरुको भर पर्दा धोका हुन सक्छ, सतर्क रहनुहोला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काममा संलग्न हुन सकिनेछ । भौतिक साधनहरु जुट्नाले काममा समस्या देखिने छैन् । अरुको बहकाउमा लाग्दा काम बिग्रन सक्छ, सतर्कता अपनाउनु होला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यात्रा गर्ने अवसर पाइनेछ । मिष्ठान्न भोजनको योग छ । नयाँ साथी बनाउनुको साथै पुराना मित्रहरुसँगको सम्बन्ध गाढा बन्ने छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम दोहो¥याएर गर्नुपर्ला । मेहनेतले कामबाट फाइदा मिल्नेछ । अध्ययनमा खास्सै मन जाने देखिन्दैन् । छुटेका परिवारका सदस्यसँगको भेटले मनमा हर्ष जाग्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा सुधार हुनेछ । समय अनुकुल रहनेछ । आम्दानि बढ्नेछ । मित्रता र प्रेमको सम्बन्ध कसिलो बन्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रिय व्यक्तिसँग भेट हुनेछ । साथीहरुसँगको भेटघाटले मनमा हर्ष जाग्नेछ । यात्राको अवसर जुट्नेछ । मिष्ठान्न भोजनको योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
साथ दिनेहरु भेटिनुको साथै ईष्या गर्नेहरु पनि बढ्नेछन् । यात्रा गर्दा केहि समस्या देखिन सक्छ, सतर्क रहनुहोला । शैक्षिक क्षेत्रबाट राम्रै उपलब्धि हाँसिल हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
परिस्थिति प्रतिकुल हुनेहुँदा दुखसुख दुवैको सामना गर्नुपर्ला । साथ दिनेहरु कमै भेटिनेछन् । आश मारेको काम बन्नेछ ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्