केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिश मिडियाद्धारा सञ्चालित रमाइलो टिभीमा नयाँ कार्यक्रम तथा धारावाहिक प्रशारण हुदै

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, डिजिटल प्रविधिबाट सञ्चालित डिश होमको रमाइलो टिभीमा अब नयाँ कार्यक्रम तथा धारावाहिक प्रशारण हुने भएको छ । डिश मिडिया नेटवर्क लिमिटेडले संचालन गरेको रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले भाइटिकाको दिनबाट नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारण गरिने भएको हो ।

डिश मिडिया नेटवर्क लिमिटेडले प्रेस विज्ञप्ति नै जारी गरि नयाँ कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ । रमाइलो टिभीमा “दृष्टी”, “अपराध”, “एकादेशको चुरीफूरी” “लुछाचुँडी” लगायतका टेलिश्रृंखलाहरु प्रशारण गरिने भएको हो ।

दृष्टि टेलिश्रृंखलामा नेपाली समाजमा महिलाले भोग्ने सुख दुःखका कथाहरु समेटिने छ । यो प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

त्यसैगरि “अपराध”मा समाजमा घट्ने गरेका सत्यतथ्य घटनाहरु समावेश गरिएको छ । यो प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” हास्याँस्पद टेलिश्रृंखला हो । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछन्।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डिश मिडियाले हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफ्ने उत्कृष्ट च्यानलहरुको माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

डिश मिडियाद्धारा रमाइलो टिभीका साथै नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ ।

साथै चाडपर्व, नयाँ वर्ष लगायतका अवसर पारि डिश मिडियाले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरुको आयोजना समेत गर्ने गरेको छ । डिश मिडियाको यस्ता सेवासुविधाकै कारण हाल डिश होमको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित : 6 November, 2018

प्रतिक्रिया दिनुहोस्