केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रजातन्त्र सेनानी रायमाझीको निधन

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्चमाविका प्राचार्य कुमार खतिवडाले जानकारी दिए ।

रायमाझी तीन पटक प्रधानपञ्च, एक कार्यकाल जिल्ला विकास समिति सदस्य र २०४८ सालको स्थानीय निर्वाचनमा तत्कालीन सिन्धुकोट गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनी दुई पटक काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएको काँग्रेस नेता तारानाथ दाहालले जानकारी दिए ।

रायमाझीको पार्थिव शरीरमा नेका जिल्ला सभापति विकास लामाले पार्टीको झण्डा ओडाएका थिए । उनलाई श्रद्धाञ्जलि अर्पण गर्न प्रदेश नं ३ का प्रदेशसमभा सदस्य निमा लामा तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल त्रिवेणीघाट पु्गेका थिए ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्