केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज लक्ष्मीपूजा : साँझ घरघरमा दीप प्रज्वलन गरी मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ घर घरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । यो दिन घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा गर्ने, ढुकुटीमा पूजा गर्ने चलन छ ।

हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटालीलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसालाई पनि पूजा गरेर फलफूल, सेलरोटी र फूलमाला चढाइन्छ ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्