केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली मूलका एचबि भण्डारी अमेरिकी निर्वाचनमा विजयी

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२१, अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी विजयी भएका छन् । भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वाचित भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए । तीन जना निर्वाचित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए ।

यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन् । अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वाचित हुने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी राजनीतिज्ञ हुन् ।

भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायिकाको तल्लो सदनको लागि उम्मेदवार बनेका थिए । नेपालको गुल्मी जिल्लाबाट ८ वर्ष अघि डिभी परेर अमेरिका पुगेका भण्डारी पेशाले शिक्षक हुन् । उनी डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्