केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो पनि, दुईवटि आमाको गर्भमा एउटै बच्चा

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२१, अमेरिकामा एक दम्पतिले आफ्नो पेटको बच्चालाई दुवैजनाको गर्भमा पालैपालो राखेर जन्म दिएका छन् । उक्त दम्पति समलिंगी हुन् ।

उक्त समलिंगी जोडी अन्ततः दुईवटा कोखमा एउटै बच्चा पालैपालो राखेर जन्म दिने दुनियाकै पहिलो दम्पत्ति बनेको छ । उक्त बच्चा दुईजना आमाको गर्भमा हुर्र्किएको पहिलो बच्चा बन्न सफल भएको छ ।

६ वर्षसम्म डेट गरेपश्चात् एश्ले र ब्लिस कल्टर नामका ती दुई समलिंगी महिलाले सन् २०१५ मा बिहे गरेका थिए । दुबैजनाले बच्चा जन्माएर आमा बन्न चाहन्थे । तर लेस्बियन भएका कारण उनीहरुले प्राकृतिक तवरले गर्भाधारण गर्न सक्दैनथे । त्यसपछि उनीहरुले टेस्टट्युब बेबी प्रविधिको सहयोग लिए ।

ब्लिसको गर्भाशयबाट अण्डा निकालियो र उक्त फर्टिलाइजेसन सेन्टरबाट लिइएको शुक्रकिटसँग मिलान गराई फर्टिलाइजेसन गरियो । भ्रुण तयार भएसँगै त्यसलाई ब्लिसको पाठेघरमा प्रत्यारोपण गरियो ।

केही समयपछि उक्त भ्रुणलाई ब्लिसको गर्भबाट निकालियो र २८ वर्षकी एश्लेको पाठेघरभित्र स्थानान्तरण गरियो । अन्ततः गत जून महिनामा एश्लेले एक छोरा जन्माइन् ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्