केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आमिर खानको फिल्मले सर्वाधिक कमाइ गर्ने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, लक्ष्मीपूजाको दिनबाट रिलिज हुने तयारीमा रहेको आमिर खानको प्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिनमै बम्पर ब्यापार गर्ने फिल्मी पण्डितहरुले बताएका छन् । भारतका चर्चित ट्रेड एनालिस्टहरुका अनुसार फिल्मले पहिलो दिन ५० करोडको कमाई गर्नेछ ।

ओपनिङ ब्यापार सबैभन्दा बढी गर्ने चलचित्र शाहरुख खानको ‘ह्याप्पी न्यु एयर’ हो । शाहरुखको फिल्मले ४४।९७ करोडको कमाइ गरेको थियो । दोश्रो नम्बरमा भने दक्षिण भारतका सुपरस्टार प्रभासको ‘बाहुबली २’ छ । फिल्मले पहिलो दिन ४१ करोडको कमाइ गरेको थियो ।

भारतका ट्रेड एनालिस्टहरुले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राख्ने दाबी गरेका छन् । कतिपय एनालिस्टले त फिल्मले १ सातामा ३ सय करोडभन्दा बढीको कमाइ गर्ने अनुमान समेत गरेका छन् ।

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्