केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिनः प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२२, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत परोपकारी भावनाको स्मरण भएको बताएका छन्।

नेपाल संवत ११३९ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौरवशाली विगतको मूल्य र मान्यतालाई अक्षुण राख्न पनि सांस्कृतिक पर्वको महत्व रहेको बताएका छन्।

नेपाल सम्वतको सुरुआतको घटना पनि हामी सबैका लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले नेपाल सम्वतलाई परोपकारी भावना स्मरण गर्ने दिनको रुपमा समेत ब्याख्या गरेका छन् ।

शुभकामना सन्देश यथार्थ वा किंवदन्ती जे भए पनि नेपाल सम्वतको सुरुवातको घटना हामी सबैका लागि प्रेरणदायी छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएका प्रसंगसहित सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ ।

प्रकाशित : 8 November, 2018

प्रतिक्रिया दिनुहोस्