केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माझी युवालाई प्रदेशसभा सदस्य लामाबाट कम्प्युटर उपहार

सहयात्रा टिभी

मेलम्ची । कात्तिक–२२, प्रदेश नम्बर ३ सदस्य निमा लामाले पिछडिएका माझी समुदायलाई कम्प्युटर उपहार सहित तिहारको शुभकामना दिएका छन् ।मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले उक्त समुदायको नवज्योति जनजागरण सांस्कृतिक परिवार आठ कम्प्युटर र एक प्रिन्टर प्रदान गरेका हुन् ।

माझी युवाले अध्ययन गरे पनि उच्च शिक्षा अध्ययनका क्रममा कम्प्युटरको ज्ञान नहुँदा अरुभन्दा कमजोर भएको पाइएकाले आफूले सहयोग गरेको सांसद् लामाले जानकारी दिए । माझी समुदायका युवा पढाइमा अब्बल हुँदै आएका छन् । स्थानीय विद्यालयका कम्प्युटर शिक्षक अमृत माझीको संयोजनमा युवालाई दैनिक कम्प्युटर शिक्षा दिइने उक्त क्लबले जनाएको छ ।

प्रकाशित : 8 November, 2018

प्रतिक्रिया दिनुहोस्