केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्यस्तो कम्पनी, जहाँ सुतेको पनि तलब दिइन्छ

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२२, जापानको क्रेजी इंक नामक कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिन्छ ।कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुतेबापत हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ ।

जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् ।

प्रकाशित : 8 November, 2018

प्रतिक्रिया दिनुहोस्