राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको देउसी, एकै ठाउँबाट २५ लाख उठ्यो
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–२२, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा खेलेको देउसीमा २५ लाख बढि रकम उठेको छ । केन्द्रिय कार्यालय भवन निर्माणको सहयोगको निम्ति मंगलबार साँझ ५ बजेदेखी ९ बजेसम्म खेलिएको देउसीबाट अनुमानित २५ लाख ६० हजार उठेको हो ।
आजपनि राजधानिका अन्य विभिन्न ठाउँहरुमा देउसी खेल्ने प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले जानकारी दिएका छन् ।
पंगेनीका अनुसार देउसीबाट उठेको सम्पुर्ण रकम भवन निर्माणमा लगाइनेछ। देउसीमा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुले भवन निर्माणमा चाहिने गिटी, बालुवा लगायतका सामाग्रीहरु पनि सहयोग गर्ने घोषणा गरेका थिए ।