अज्ञात समूहद्वारा छड प्रहार गरी हत्या

हेटौँडा । कात्तिक–२२, हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।
गए राति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ । रासस