भाइटिकाको उत्तम साइत आज ११ बजेर ५५ मिनेटमा

काठमाण्डौं । कात्तिक–२३, यस वर्षको भाइटिकाको साइत विहान ११ बजेर ५५ मिनेट उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिको बैठकले यस वर्षको भाइटकाको साइत सार्वजनिक गर्दै उक्त समय भाइटिकाको साइत उत्तम रहेको बताएको हो ।
तिहारको मुख्य दिन आज दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
सप्तरंगी टिकासँगै आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।