नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक आउँछन् : पर्यटनमन्त्री अधिकारी

काठमाण्डौं । कात्तिक–२२, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताएका छन् । बुधबार राति रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने दाबी गरेका हुन् ।
मन्त्री अधिकारीले भने, “नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।”
मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिनेगरि विकासका लहर आउने उनले दाबी गरे ।