चियासँग गुलाबको पात सेवन गर्नुस, यस्तो छ फाइदा
काठमाण्डौं । कात्तिक–२२, चिया नेपालीहरुमा निकै प्रचलित छ । साथीभाईसँग भेट हुँदा होस अथवा घरमा कोहि पाहुना आउँदा पहिले चिया लिऔँ भन्ने शब्दनै निस्कन्छ । विहान उठ्नासाथ कति मानिसहरुलाई बेडमा नै चिया पिएर मात्र बाहिर निस्कने बानि पनि लागेको हुन्छ ।
आजभोली चियाको लोकप्रियता बढ्दै गइरहेको छ । त्यहि माथि जाडोको समयमा त चिया सबैको प्रिय हुन्छ । तर कुनै पनि चिज बढि भयो भने त्यसले हामीलाई असर गर्न सक्छ । त्यो विषयमा पनि हामीले ख्याल गर्नु जरुरी हुन्छ । साथै चियालाई सहि तरिकाले पिउने हो भने हामी अनेक किसिमका स्वास्थ्य समस्याबाट बच्न सक्छौ ।
चियामा गुलाबको पात हालेर सेवन गर्नाले हामीले सोच्नै नसकेका स्वास्थ्य लाभ पाउन सक्छौ ।
यस्ता छन् यसका फाइदाहरु :
–यदि तपाइँको सास गन्हाउने समस्या छ भने चियामा गुलाबको पात हालेर सेवन गर्नाले यस्तो समस्यालाई टाढा भगाउन सकिन्छ ।
– चियामा गुलाबको पात राखेर सेवन गर्दा पिसाब गर्दा जलनलाई निको पार्न सहयोग पुग्छ । यसो गर्दा टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न मद्दत पुग्छ ।
–दिनमा दुईदेखि तीनपटक यस्तो चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।
– बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।
–यस्तो चियाले डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।
–गुलाबको पात सेवनले शरीरमा भिटामिन सी र ईको मात्रालाई बढाई छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।