केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तिगत स्वतन्त्रतामा बाधा पुग्न सक्छ । पारिवारिक समस्याले पिरोल्न सक्छ । स्वास्थ्यमा केहि समस्या देखिनेछ । खर्च बढ्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। परिवारका सदस्यबाट साथ र सहयोग मिल्नाले सोचेको काम सम्पन्न हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धामा उत्रिएरै आम्दानीको दिगो स्रोत हात पार्न सफल भइनेछ। चिताएको काम पुरा हुनेछ । अध्ययनमा खास्सै मन नजाला । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लक्ष्य प्राप्त गर्न सकिनेछ। समय अनुकुल बन्नाले काममा कुनै बाधा देखिने छैन् । यात्रा गर्ने अवसर मिल्नेछ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिलाई बेवास्ता गर्दा झमेला आइलाग्न सक्छन्। आफ्नै हठले अप्ठ्यारोमा पार्ने सम्भावना छ। आम्दानि राम्रो हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धीहरूलाई उछिनेर विशेष अवसर हात पार्न सकिनेछ। आफ्नो प्रशंसा सुन्न पाइएला । प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर जुट्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा पछि परिए पनि शिक्षामा प्रगति हुनेछ। वैदेशिक खर्च बढ्नेछ । पारिवारिक जमघटले मनमा हर्ष जगाउनेछ । दिन रमझममा नै बित्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
खर्च लागे पनि लामो यात्रा हुन सक्छ। काम पुरा हुनेछ । आफ्नो मान सम्मान बढ्ने योग छ । राम्रो आम्दानिले मनमा हर्ष जगाउनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या देखिन सक्छ। विशेष जिम्मेवारी वहन गर्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीको स्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरुआत हुनेछ। अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल हुनेछ । परिवारका छुटेका सदस्यहरुसँगको भेटघाटले मनमा हर्ष जगाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ। दाजुभाईबाट सहयोग मिल्नेछ । परिवारको साथले सोचेको काम पुरा हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
विभिन्न अवसर हात पार्न सकिनेछ। अध्ययनमा राम्रो नजिता हात पर्ने छ । धार्मिक यात्राको अवसर प्राप्त भएपनि व्यक्तिगत समस्याको कारण यात्रा गर्न नपाइएता ।

प्रकाशित : 9 November, 2018

प्रतिक्रिया दिनुहोस्