ला लिगा : एट्लेटिको मड्रिडद्धारा एथ्लेटिक विल्वाओ ३-२ ले पराजित

सहयात्रा टिभी

 एजेन्सी । कात्तिक–२५, स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई ३-२ ले पराजित गरेको छ।

घरेलु मैदानमा दुई पटक पछि परेर पनि पुनरागमन गरेको एट्लेटिकोका लागि डिएगो गोडिनले ९०औँ मिनेटमा विजयी गोल गरेका थिए। इनाकी विलियम्सले दुई पटक विल्वाओलाई अग्रता दिलाएका थिए। तर थोमस र रोड्रीले एट्लेटिकोका लागि गोल फर्काए।

खेल बराबरीतर्फ अगाडी बढिरहेको बेला गोडिनले एन्टोनी ग्रीजमनको पासमा गोल गर्दै एट्लेटिकोलाई ३ अंक दिलाए।

जितपछि १२ खेलबाट २३ अंक जोडेको एट्लेटिको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको बार्सिलोना २४ अंकसिहत शीर्ष स्थानमा छ।

 

प्रकाशित : 11 November, 2018

प्रतिक्रिया दिनुहोस्