निर्मलाका बाआमा आजबाट अनिश्चित धर्नाको तयारीमा

काठमाण्डौं । कात्तिक–२५, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि पिडित परिवार धर्नाको तयारीमा छन् । निर्मलाका बाबुआमाले तिहार अघि नै पत्रकार सम्मेलन गरि आजबाट धर्ना बस्ने जानकारी गराएका हुन् ।
छोरीको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि न्याय पाउने आशा नभएपछि निर्मलाका आमाबुबा धर्ना बस्ने भएका हुन् । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।
आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले जानकारी दिए । महेन्द्रनगरको मदनचोकमा भेला भइ ¥यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम रहेको छ ।