केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिसको पेटबाट १२२ वटा काँटि निकालियो

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२५, एक व्यक्तिको शरिरबाट शल्यक्रिया गरि डाक्टरहरुले एक सय भन्दा बढि फलामका किल्ला र फलामका अन्य तिखा बस्तुहरु निकालेका छन् । इथियोपियामा मानसिक रुपमा बिरामी व्यक्तिको पेटबाट डाक्टरहरुले शल्यक्रिया गरि उक्त वस्तुहरु निकालेका हुन् ।

३३ वर्षका ती व्यक्तिको पेटबाट ४ इन्च लामा फलामका १ सय २२ वटा किला, ४ वटा पिन, टुथपिक तथा काँचका टुक्राहरु रहेको सेन्ट पिटर्स स्पेशलाइज्ड अस्पतालका एक सर्जनले बताएका छन् ।

ती व्यक्ति १० वर्षदेखि मानसिक रोगबाट पीडित थिए । पछिल्लो दुई वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो ।

उक्त व्यक्तिले ती सम्पूर्ण किल्लाहरु आँफैले निलेका हुन् । उनले पानीसँग ती किल्लाहरु निलेको हुन सक्ने बताइएको छ ।

प्रकाशित : 11 November, 2018

प्रतिक्रिया दिनुहोस्