बर्थडे पार्टी भनि बोलाएर सात जनाद्धारा दुई युवतीको बलात्कार

सिरहा । कात्तिक–२५, बर्थडेपार्टीको बहानामा बोलाएर १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी लहानमा सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार लहान २२, लक्ष्मीपुर पतारी २ की बालिका र युवतीलाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।
लहान नगरपालिका ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र चार जनाको नाम खुल्न बाकि रहेको छ ।
पिडित दुवै जनाले दिएको बयानका आधारमा हरि चौधरीले आफ्नो बर्थडे छ बर्थडे पार्टीमा आउनु पर्यो भनि बोलाएको र उसको कोठामा सात जनाले आफु माथि सामूहिक बलात्कार गरेको पिडित युवतीले बताएका छन् ।
पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा गरिएको छ । बलात्कार घटनामा संलगन सातै जना फरार रहेको हुँदा फरार सबै जनाको विशेष प्रहरी परिचालन गरि तिब्र गतिमा खोज तलास भइरहेको डिएसपी राजेश थापाले बताएका छन्।