निर्मला हत्याप्रकरण : हत्यारा सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

कञ्चनपुर । कात्तिक–२५, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । आज र्यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर नागरिक संघर्ष समितिले धर्ना सुरु गरेको हो ।
निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।
निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी धर्ना बस्ने घोषणा गरेका थिए । साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नु परेको निर्मलाका बुवा यज्ञराज पन्तले बताएका छन् ।