केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो कामले समाजमा स्थापित गराउन सक्छ । काम देखाएर उपलब्धि हातपार्ने समय छ। सोचेको काममा सफल भइनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। काममा बाधा देखिन सक्छ । स्वास्थ्यमा केहि समस्या आउला । खानपानमा ध्यान दिनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राको क्रममा रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ साथी बनाउन सकिने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्यमा केही समस्या देखिए पनि काममा मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि सीप र कलामा निखारता आउनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। परिवारबाट साथ र सहयोग पाइनेछ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। अध्ययनमा राम्रो उपलब्धि हात पार्न सकिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। टाढाको यात्रा गर्ने अवसर प्राप्त होला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाईहरुको साथ र सहयोग मिल्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठत काम गर्ने अवसर प्राप्त हुनेछ। अभावका बाबजुद पछिका लागि खर्च गर्नुपर्ला। खुसीको खबर सुन्न पाइने योग छ । मिष्ठान्न भोजन खान पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। सोचेको काम पुरा हुनेछ । मेहनेतले नाम र दाम कमाउन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। कामको जिम्मेवारी बढ्नेछ ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्