भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन
सहयात्रा टिभी
एजेन्सी । कात्तिक–२६, भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । क्यान्सरबाट पीडित संसदीय कार्य मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए ।
उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए । अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने ।