केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यात्रीको बच्चालाई एयर होस्टेसले विमानभित्रै आफ्नो दुध खुवाएपछि

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६, विमानमा यात्रा भइरहँदा एक बच्चा भोकले रोइरहेको देखेपछि पत्रिशा ओर्गानो नामकी उक्त विमानकी एयर होस्टेसले बच्चालाई आफ्नो दुध खुवाएकी छन् । यात्राको बीचमा नै बच्चाको आमासँग भएको पाउडर दुध सिद्धिएको र बच्चा भोकले रोइरहेको देखेपछि २४ वर्षीया पत्रिशा मद्दतका लागि अघि बढेकी हुन् ।

नौ महिनाकी छोरीकी आमा पत्रिशाको उक्त कार्यप्रति सबैले सम्मान व्यक्त गर्नुको साथै हाल सामाजिक सञ्जालमा उनको निकै चर्चा पनि चलिरहेको छ ।

पत्रिशाले फेसबुकमा उक्त कार्यको पोष्ट गरेकी थिइन जुन पोष्ट हाल ३५ हजार भन्दा बढि पटक शेयर भइसकेको छ ।

उनले पोष्टमा भनेकी छन्, ‘उडान भर्नु अघिसम्म सबैकुरा ठिक थियो । तर यात्राको बीचमा नै बच्चा बेस्सरी रुन सुरु गर्यो, त्यसपछि मैले आमालाई दुध पिलाउन आग्रह गरे । तर बच्चाकी आमाले आफूसँग भएको पाउडर दुध सिद्धिएको बताइन् ।’‘एयरलाइन्ससँग पनि बच्चालाई दुध दिलाउने कुनै व्यवस्था थिएन । वरिपरि बसेका यात्री बच्चा रोएपछि तनावमा देखिए । त्यो देखेर म निकै दुःखी भएँ । त्यसपछि मैले विमानका अधिकारी शेरिलको मद्दतले बच्चालाई फिडिङ एरियामा लगेर दुध खुवाएँ ।’

नवजातलाई दुध खुवाएपछि उनकी आमाले आफूलाई धन्यवाद दिएको पत्रिशाले बताइन् । बच्चाकी आमा अघिल्लो रात ९ बजेदेखि एयरपोर्टमा थिइन् ।

भोकले रोइरहेको आफ्नो बच्चालाई केहि खुवाउन नपाउँदाको एउटी आमाको अवस्थालाई आफुले बुझेर नै उक्त बच्चालाई दुध खुवाएर सहयोग गरेको पत्रिशाको भनाइ छ ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्