१३ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

सहयात्रा टिभी

उदयपुर । कात्तिक–२६, उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा १३ वर्षीया बालिका मृत अबस्थामा फेला परेकी छन्। दुई दिनदेखि हराएकी स्थानीय दुर्गाबहादुर खड्काकी १३ वर्षीया छोरी एल्जीना खड्काको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार बाख्रा चराउन गएकी बालिकाको शव आइतबार स्थानीय खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेको हो।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए।

मृतकका बुबा खड्काले छोरीको बलात्कारपछि हत्या भएको बताए। गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएकी हुन्।

 

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्