केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्चित गायक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण

सहयात्रा टिभी

बेलबारी । कात्तिक–२६, आइतबार दिउँसो चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ। घरबाट परिवारसहित धरानतर्फ जाँदै गर्दा बसको सिटको विषयामा विवाद भएपछि बसका कर्मचारीहरुले श्रेष्ठलाई आक्रमण गरेका हुन् ।

कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा पुगेपछि गायक श्रेष्ठमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।

कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको बायाँ भाग सुन्निएको छ। प्रहरीले उक्त बसका चालक र एक सहचालकलाई पक्राउ गरेको छ भने अर्का एक  कन्डक्टर भने फरार रहेका छन् ।
घाइते श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार थालिएको छ भने घटनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्