केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘मह’ जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६, वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित गरिएको हो ।

नेपालको कला क्षेत्रलाई एउटा छुट्टै उचाइमा पुर्‍याउने बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को संज्ञा दिए ।

स्वर्र्गीय नेता गणेशमान सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँन्छ ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्