अब दशैं बाहेकका अन्य चाड–पर्वमा पनि नयाँ नोट साट्न पाइने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६, नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीको ठूलो पर्व दशैंका बेला मात्र नभएर अन्य जातजातिको पर्वका बेला पनि नयाँ नोट साट्ने भएको छ । ।

यसअघि दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले
मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने विभिन्न चाड–पर्व तथा राष्ट्रिय दिवसहरू नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।

नववर्ष, उभौली पर्व, वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड–पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नयाँ नोट काठमाण्डौंको थापाथली स्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।रासस

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्