केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

कात्तिक–२७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जिम्मेवारी बढ्नेछ । नोकरी नहुनेहरुले नोकरी पाउने सम्भावना उच्च छ । विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ । सोचेको काम पुरा हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
काममा केहि बाधा देखिन सक्छ तर पनि मेहनेतले काममा भने सफल भइनेछ । स्वास्थ्य कमजोर रहनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
जबरजस्तीले काम बिग्रन सक्छ, सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । अध्ययनमा खास्सै मन जाने देखिन्दैन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ । परिवारको साथले काममा सफल भइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पहिलेदेखि रोकिएको काम बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आम्दानि बढ्नेछ । सन्तानबाट खुसीको खबर पाइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अध्ययनमा मन जानेछ । दिन अनुकुल नै रहनेछ । काममा खास्सै बाधा नदेखिएला । ठूला मानिसहरुको सुझवसल्लाहलाई ध्यान दिएर काम गर्नु होला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। साथीभाईबाट टाढा रहनु पर्नेछ । अध्ययनको क्षेत्रमा खास्सै राम्रो उपलब्धि देखिएको छैन् ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिनेछन् । आफन्तको सहयोगले फाइदा दिलाउनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानि हुने छ । टाढाका आफन्तजनसँगको भेटघाटले मनमा हर्ष जगाउनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
स्थिति अनुकूल हुनुका साथै स्थितिमा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। शिक्षा क्षेत्रमा राम्रो देखिएको छ । वैदेशिक यात्राको अवसर जुट्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। खर्च बढ्नेछ । मेहनेतले काममा भने सफल भइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लाभांशको आधा हिस्सा खर्च हुन सक्छ। काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। कामको दायित्व पनि बढ्न सक्छ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्