मेस्सीले हात पारे अल्फ्रेडो र पीचीची अवार्ड

एजेन्सी । कात्तिक–२७, विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड जितेका छन् । स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् ।
सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड जित्न सफल भएका हुन् भने स्पेनिस ला लिगामा सर्बाधिक गोलकर्ता बन्दै उनले पिचिची अवार्ड पनि आँफैले पाएका छन् ।
मेस्सीले १० बर्षभित्र पिचिची अवार्ड पाचौं पटक जित्न सफल भएका छन् ।