केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पाइडरम्यान स्ट्यान लीको निधन

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२७, अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै लस एन्जलसमा रहेको सिडर–साइनाई मेडिकल सेन्टरमा ९५ वर्षको उमेरमा लीको निधन भएको हो ।

लीलाई धेरैले पप कल्चरका फादरका रुपमा लिने गर्छन्, जसले धेरै पात्रहरु जन्माए । सन् १९६१ मा मार्भल कमिक्सका लागि उनले चार वटा जीवन्त पात्रको सिर्जना गरेका थिए । त्यसमा स्पाइडर–म्यान, द इनक्रेडेबल हल्क लगायत रहेका छन् ।

सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मसमा आबद्ध थिए । तर उनले मार्भेल कम्पनी सन् १९७२ मा छोडे ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्