केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नाइजेरियामा हैजाको प्रकोपबाट १७५ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२७, नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको कारण अहिलेसम्म १७५ जनाले ज्यान गुमाएका छन् ।अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट १० हजार भन्दा बढी प्रभावित भएका छन् ।

बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । मानवीय सहायता सम्बन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् ।

नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्