केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्यस्तो देश जहाँ छोरी जन्मनसाथ विवाहको कुरा पक्का हुन्छ

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२७, संसारमा अनेक मुलुकहरुमा अनेक किसिमका रितिरिवाज र परम्पराहरु छन् । कतिपय मुलुकका परम्पराहरु सुन्दा निकै आश्चर्य लाग्ने गर्छ । विवाह भन्ने कुरा महिला र पुरुष शारिरीक र मानसिक रुपमा परिपक्क भएपछि बाँधिने एउटा बन्धन हो । यो बन्धन विश्वका प्रत्येक मुलुकहरुमा फरक फरक तरिकाले बाँधिने गरिन्छ ।

विश्वमा एउटा त्यस्तो मुलुक पनि छ जहाँ छोरीको जन्म भएकै दिन उसको विवाहको कुरा पक्का हुने गर्छ । केन्याको ताना रिभर क्षेत्रको ओरोमो समुदायमा छोरी जन्मिएको दिन नै विवाह गर्ने परम्परा छ । यो समुदायमा छोरी जन्मिएकै दिन बुबाले केटा छानिदिन्छन् ।

छोरी जन्मिएकै दिन विवाह पक्का हुन्छ तर छोरी श्रीमानको घरमा भने ठूली भएपछि मात्र पठाइन्छ ।

यसरी विवाह गर्नाले आफूलाई केही भइहाले छोरीलाई कसैले ख्याल गर्छन् भन्ने विश्वासले जन्मेकै दिन विवाह गर्ने प्रचलन रहेको हो । परिवारले जुन केटालाई दिइएको हो, छोरीले त्यही केटासँग विवाह गर्नुपर्छ ।
जन्मिएको दिन पक्का भएको विवाहलाई छोरीले ठूली भएपछि नाइनास्ती गर्न पाउँदैनन् । छोरीको विवाह भइसकेको हो भन्ने कुरा प्रमाणीत गर्न उनीहरुको हातमा ‘दरारा’ अर्थात डोरी बाँधिदिने परम्परा रहेको छ ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्