राखेपमा सरकारद्वारा तीन सदस्य नियुक्त

काठमाण्डौं । कात्तिक–२७, सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का रिक्त तीन जना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्व राष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिसमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।
राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकुदमा सक्रिय छन् । यस्तै निरौला पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल संघको केन्द्रीय सदस्य रहेका छन् । बक्सिङका पूर्व खेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन् ।रासस