केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुकीलाई दिइएको सम्मान एम्नेष्टी इन्टरनेशनलद्वारा फिर्ता

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२७, एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ ।

गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले “एम्बेसेडर अफ कन्साइन्स अवार्ड” फिर्ता लिएको जनाएको छ ।

सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन । उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन । सुकीलाई एम्नेस्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो ।

म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो ।

म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उनले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रुपमा बसिरहेका उनीहरुलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकै बेला एम्नेस्टीले उनलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत जनाएका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेमन छन्– सुकी एक समय आशा, अपेक्षा र साहसको प्रतीकका रुपमा उएकी थिइन र उनले म्यानमारमा मानव अधिकारको रक्षाका लागि लड्ने एक अथक योद्धाको परिचय स्थापित गरेकी थिइन र हामीले यो उच्च सम्मान दिएका थियौँ ।

तर अहिले त्यस्तो अवस्था रहेन । उनलाई प्रदान गरिएको सो पुरस्कारको धेरै अपमान भएकाले आजका मितिदेखि सो सम्मान फिर्ता लिएका छौँ, नाइडूले भने ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सम्बोधन गरी पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिइएको पनि बताए।

साथै महासचिव नाइडूले सुकी म्यानमार सरकारको नजरबन्दमा रहेको समयमा देखाएको तथा दशकौँसम्म उनको प्रजातन्त्रप्रति निष्ठा रहेकामा अहिले आएर देखाएको यो व्यवहारबाट आपूm र सिंगो एम्नेस्टी इन्टरनेशनल स्तब्ध र दुःखी भएको पनि बताएका छन् ।

सुकीलाई म्यानमार सरकारले उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेस्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ पनि घोषणा गरेको थियो ।

राजनैतिक बन्दी घोषणा गरेको २० वर्षपछि सुकीलाई एम्नेष्टीले आफैँले प्रदान गरेको अर्को सर्वोच्च सम्मान पनि फिर्ता गरेको जनाएको छ । एम्नेस्टीको यो सर्वोच्च सम्मान यसअघि दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मन्डेलाले पाएका थिए ।

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्