केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च बढ्नेछ । दिगो फाइदा हुने कामको थालनि गर्न सकिनेछ । विशिष्ठ व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । अध्ययनमा खास्सै मन नजाला । सिर्जनात्मक काममा मन जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथ र सहयोग गर्नेहरु प्रसस्त भेटिनेछन् । स्वास्थ्य केहि कमजोर रहने हुुँदा, खानपानमा ध्यान दिनुपर्ला । मेहनेत गर्नाले काममा पनि सफल भइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
सामाजिक काममा समय व्यतित गर्नु पर्नेछ । आर्थिक अभावका कारण केहि समस्या देखिन सक्छ । पारिवारिक असमझदारीले मन खिन्न होला । साँझ सम्ममा परिस्थिति अनुकुल हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनको साथ र सहयोग मिल्नेछ । रमाइलो यात्राका विच मित्रजनसँगको भेटघाटले दिन हर्षमय बन्नेछ । सोचेको काम पुरा हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खर्चमा वृद्धि हुनेछ । व्यापारव्यवसाय मार्फत यात्रा गर्ने अवसर जुट्नेछ । मौसमी गडबढिका कारण स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा सतर्क रहनु होला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। परिस्थिति अनुकुल नै रहनेछ । ठूलाले दिएको सुझावलाई ख्याल गरेर काम गर्नुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। शुभचिन्तकहरु टाढिनाले केहि दुख महसुस हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । दाजुभाईबाट साथ र सहयोग मिल्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा आमाको माध्यमबाट विशेष काम सम्पादन हुन सक्छ। सहयोगीहरुको पनि साथ पाइनेछ । अध्ययनमा मन खास्सै नजाला । धार्मिक यात्रा गर्ने अवसर पाइनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानि हुनेछ । नयाँ कामको थालनि हुने योग छ । आफन्तजनबाट छुटिनु पर्ला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राम्रो कामले नाम र दाम दुवै मिल्नेछ । सामाजिक काममा समय बिलाउनु पर्ला । अध्ययनम मन खास्सै नगएपनि र्सिजनात्मक कामबाट समाजमा चिनिने मौका मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ । आफन्तबाट टाढिनु पर्नेछ । मित्रजनसँगको भेटघाटले दिन रमाइलोसँग बित्नेछ । वैदेशिक क्षेत्रबाट आम्दानि हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा बाधा देखिनेछ । सहयोग गर्नेहरु कमै भेटिनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । अशुभ खबरले मनमा खिन्नता उत्पन्न हुनेछ । परिवारमा असमझदारी उत्पन्न हुनेछ ।

प्रकाशित : 14 November, 2018

प्रतिक्रिया दिनुहोस्