तेक्वान्दो संघलार्इ राखेपको यस्तो चेतावनी

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२८, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल मिलाउन चेतावनी दिएको छ । राखेपले विवाद मिलाउनको लागि बढिमा सात दिन समय दिएको छ ।

केही दिनअघि राखेपको ११०औं बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिएका हुन् ।

राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दुई सङ्घबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो सङ्घलाई तत्काल मिल्न निर्देशन दिएको हो । विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 14 November, 2018

प्रतिक्रिया दिनुहोस्