केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुरोट पिउन रोकेको भन्दै खुट्टाले घाँटी थिचेर महिलाको हत्या

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२८, छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो ।

आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई चुरोट पिउन रोकेकी थिइन् । त्यसपछि आक्रोशित बनेका युवकले चिन्तादेवीमाथि कुटपिट गर्न थाले ।

चिन्तादेवी भुईंमा लडेपछि ती युवकले आफ्नो खुट्टाले उनको घाँटी थिचेर हत्या गरेका हुन् । बिहारको रोहतास जिल्लाकी चिन्तादेवी पन्जाबमा परिवारसँगै एक फ्याक्ट्रीमा काम गर्थिन् । छठ पूजाका लागि उनी गाउँ जाँदै थिइन् ।

बरेलीको छेउमा भएको यो घटनापछि जनरल कोचमा खैलाबैला मच्चियो । सूचना पाउने बित्तिकै जीआरपीले शाहजहाँपुरमा ट्रेन रोक्न लगाएर महिलालाई अस्पताल पठाएका थिए, जहाँ उनलाई मृत घोषित गरियो । जीआरपीले आरोपितलाई गिरफ्तार गरी जेल पठाइदिएका छन् । बीबीसी हिन्दी

प्रकाशित : 14 November, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्