केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आठौं चीन महोत्सव काठमाडौंमा सुरु

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२८, आठौं चीन महोत्सव काठमाडौंमा सुरु भएको छ। मंगलबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि महोत्सव सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा चिनियाँ संस्कृति झल्किने ‘चिनियाँ ब्याले’ प्रदर्शन गरिएको थियो। बुधबारसम्म चल्ने कार्यक्रममा चिनियाँ संस्कृति आदानप्रदान, अभ्यास आदिबारे विशेषज्ञबीच द्विपक्षीय छलफल हुने ‘वल्र्ड कल्चरल नेट’का कार्यक्रम संयोजक राजेन्द्र रिमालले बताए।

सोही कार्यक्रमअन्तर्गत ‘तेस्रो काठमाडौं सांस्कृतिक मञ्च’समेत सुरु भएको छ। उक्त कार्यक्रमको चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री लुअ र नेपालका संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अवलोकन गरे। प्रदर्शनीमा चिनियाँ संस्कृति झल्कने सामान राखिएको छ।

प्रकाशित : 14 November, 2018

प्रतिक्रिया दिनुहोस्