के मधुमेहले सताएको छ ? शरिरमा चिनिको मात्रा सन्तुलन गर्न यस्ता खानेकुरा खानुहोला
काठमाण्डौं । कात्तिक–२८, मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ। मधुमेह रोग लागेका मानिसहरुमा तिर्खा लाग्ने, वारम्वार पिसाव लाग्ने, आँखा धमिलो हुने, तौलमा गिरावट आउने जस्ता लक्षणहरु देखापर्छन् ।
मधुमेह रोगको समयमा नै उपचार गरिएन भने मानिसको मृत्यु समेत हुन सक्छ । मधुमेह लागेका मानिसहरुले निम्न खानेकुराहरु नियमित खाएमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।
–अमला
अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ।
–तीतेकरेला
डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ।
–आँपको पात
आँपको कलिलो पात डायबेटिज रोगीका लागि अति उपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ। आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ।
–चना
चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ।
–लसुन
लसुन पनि मधुमेह रोगीको लागी लाभदायी हुने गर्छ । लसुनलाई दालमा झानेर र तरकारीमा हालेर नियमित प्रयोग गर्नाले मधुमेह नियन्त्रणमा आउन सक्छ । लसुनलाई कालो चियामा समेत प्रयोग गर्न सकिन्छ ।
–जामुन
जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ।
–जरेसिमी
जरेसिमी पनि मधुमेह रोगीको लागी फाइदाजनक तरकारी हो । यसले पनि शरिरमा चिनिको मात्रा सन्तुलित राख्न मद्यत गर्छ ।
–मेथी
दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ। कति मात्रामा मेथी खाने भन्ने निक्र्यौल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।